Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ७ चैत २०७९ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल एको छ । पाथीभरा मन्दिरको दर्शन गरी सोमवार बेलुका माथिल्लो फेदीमा बास बसेकी बिर्तामोड नगरपालिका – २ चारपाने झापा बस्ने ४७ वर्षीया शिवमाया गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार सोमवार हिजो पाथीभराको दर्शन गरी पुनः माथिल्लो फेदीमा आएर गौतमसहित उहाँका आफन्त बास बसेका थिए । शौचालयमा नै लडेको अवस्थामा भेटिनुभएकी गौतमलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका हुन् ।

तपाईको प्रतिक्रिया