Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, ७ चैत २०७९ । ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलसहित सात जनालाई ग्राउन्डेड (कारबाही) गरेको छ ।

सोमबार बिहान ताप्लेजुङबाट काठमाडौं फर्किँदा निगमको ट्विनअटर ९एन-एबीटी विमानमा लोड सिटमा लेखिएको भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

यस घटनाबारे विस्तृत छानबिन गर्न निगमलाई प्राधिकरणले पत्राचार गरेको । प्रवक्ता निरौलाका अनुसार उक्त विमानमा ताप्लेजुङबाट १५ यात्रु काठमाडौं आएका थिए । जसमा ६ पुरुष, ९ महिला थिए । तर जहाजको लोड सिटमा १० महिला र ५ पुरुष लेखिएको थियो ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया