Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, ६ चैत २०७९ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेल आयात गरिएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा यस वर्षको सोही अवधिमा १५.९७ प्रतिशतले डिजेल आयात बढेको हो ।

गत आर्थिक वर्ष साउनदेखि माघसम्म मुलुकमा ७२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ बराबरको ९ लाख ६८ हजार ५५७ किलोलिटर डिजेल आयात गरिएको थियो । डिजेलसँगै चालु आर्थिक वर्षको सात महिनामा पेट्रोल समेत १५‍।३९ प्रतिशतले बढी आयात भएको विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षको ७ महिनामा मुलुकमा ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ । गत आर्थिक वर्ष ३३ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको थियो । रकमका आधारमा पेट्रोलको आयात बढेको देखिए पनि परिमाणका आधारमा भने घटेको छ । साउनदेखि माघसम्म ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत वर्षको यसै अवधिमा ४ लाख २१ हजार १७२ किलोलिटर पेट्रोल आयात गरिएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण रकम र परमाणमा यस्तो अन्तर देखिएको हो ।

 

तपाईको प्रतिक्रिया