Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पशुपतिनगर,मंसिर ५ । भारतबाट लुकाएर ल्याउँदै गरेको पशुहरुमा प्रयोग गरिने अबैध औषधि शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले नष्ट गरेको छ । भारतको दार्जिलिङ्गबाट सीवावर्ती पशुपतिनगर नाकाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरीको पशुपतिनरस्थित सीमा सुरक्षा पोष्टले बरामद गरि नष्ट गरेको हो ।

शसस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट पशुपतिनगरका प्रमुख संसाक कार्की अनुसार ३० हजार मुल्य बराबरको पशुहरुको उपचारमा प्रयोग गरिने सिरिन्ज, झोल औषधि र स्लाइनका बट्टा बरामद गरि नष्ट गरिएको हो । शसस्त्र प्रहरीले पत्रकार, सूर्योदय नगर उद्योग बाणिज्य संघका पदाधिकारी, पशुपतिनगर भन्सार कार्यालय, शिमा प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय पशुपतिनगर र जनप्रतिनधिको उपस्थितिमा नष्ट गरको हो ।

लोकल संदेशबाट

तपाईको प्रतिक्रिया