Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

शान्ति सुब्बा
गौरादह, ४ चैत २०७९ । झापाको गौरादह नगरपालिकामा पहिलो पटक फुड फेस्टिबल सुरु हुने भएको छ । लायन्स क्लब अफ गौरादहको आयोजनामा गौरादह-२ स्थित सहिद गेट नजिक यही चैत २८ देखि २०८० वैशाख ६ गते सम्म फुड फेस्टिबल हुने भएको हो ।

लायन्स चिल्ड्रेन पार्क निर्माण सहयोगार्थ आयोजना हुन लागेको फुड फेस्टिबलमा विभिन्न जात जातीका जातीय परिकारका खानालाई प्रर्वद्धन  गर्ने उद्देश्यले उक्त फेस्टिबलको आयोजना गर्न लागिएको लायन्स चार्टड प्रेसिडेन्ट डा. तिलक खनालले आज (शनिबार) गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।

फेस्टिबलमा आगन्तुकहरुका लागि स्थानीय जात–जातीका राई, लिम्बू, धिमाल, नेवार, तामाङ, सन्थाल, थारु, राजवंशी, ताजपुरीया लगायत आदीवासी जनजातीका आ-आफ्नै पहिचान सहितका परिकारहरुका स्टलहरु राखीने साथै उनिहरुले आफ्नो पहिचान झल्काउने परिकारहरुका स्टल राख्दा कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकले जनाएको छ ।
यस्तै, गौरादह नगरपालिका भित्रका होटल व्यवसायीहरुले परिकार अथवा खानाहरुका स्टलहरु राख्दा भने शुल्क तिर्नुपर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

फुड फेस्टिबलमा स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका साथै हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शन हुने फेस्टिबल संयोजक समिर नेपालले जानकारी दिनुभएको छ । फेस्टिबलमा गौरादहका राष्ट्रिय कलाकार सिताराम ताजपुरीयालाई सम्मान गरिनुका साथै थप आकर्षणका लागि गायक प्रमोद खरेल, मिलन नेवार, शिव परियार, मेलिना राई, एलिना चौहान, आशिष राना(लाहुरे), रचना रिमाल, ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्की का साथै प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ । दिनभर स्टल सञ्चालनमा रहनुका साथै बेलुका मनोरञ्जनका लागि कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । फेस्टिबलमा बालबालिकाको रमाइलाका लागि बच्चा उफ्रिने बेलुन, कार, हेलिकप्टर, रोटेपिङ, नाउ रहने जनाइएको छ ।

नोटःफुड फेस्टिबलमा आफ्ना जात जातीका परिकारका खानाहरु लाई प्रर्वद्धन गर्न सहभागिता जनाउनका लागि फेस्टिबल संयोजक समिर नेपाल सँग ९८१७०७२५९४, ९८१७९७५२६२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया