Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ३ चैत २०७९ । माई खोलामा पौडी खेल्ने क्रममा इलाम-१० की १४ वर्षीया एक बालिकाको डुबेर मृत्यु भएको छ । पौडी खेल्न गएका ५ बालबालिकामध्ये २ जना गहिरो दहमा फसेका थिए ।

राजदूवालीदेखि ३०० मिटर दक्षिणको खोलाको दहमा साथीहरूले उद्धारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको र अर्की बालिका प्रतीक्षा मगरको डुबेर ज्यान गएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । उनले करिब दुई घण्टाको प्रयासपछि ती बालिकाको शव फेला पारेको जानकारी दिए ।

इलाममा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने कार्यक्रम सुरु भएको छ । ती पाँच जना बालिकाहरू कोरोनाको खोप लगाएर खोलामा पौडी खेल्न गएका थिए ।

 

तपाईको प्रतिक्रिया