Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, ३ चैत २०७९ । झापाको हल्दिबारीमा आगलागी भएको छ । साबिक गोलधाप-७ हाल हल्दिबारी गाउँपालिका-१ निवासी निर्मला आचार्यको घरमा शुक्रबार साँझ आगलागी भएको हो । आगलागीबाट घर भित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।

दुई वटा बाख्रा मरेका छन् । एउटा गाई घाइते भएको जनाइएको छ । स्थानीयले ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको अनुमान गरेको छ । घरमा लागेको आगो भद्रपुरको दमकल, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया