Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

उर्लाबारी, ५ मंसिर । पूर्बक्षेत्रमा पहिलो पटक उर्लाबारी स्थित मंगलबारे अस्पतालमा डेथ फ्रिजर राखेपछि मृत्यु भएका मान्छे राख्न बाहीर लानु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यस अघि मृत्यु भएका मानीसको केही दिन डेथ बडी राख्नु पर्ने अवस्था भएमा धरानमा रहेको अर्धसरकारी अस्पताल बिपी कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउनु पर्ने अवस्था थियो । त्यँहा पनि सिमीत डेथ फ्रिज्र भएकोले पहुचँवालासँग समन्वय गर्दा मात्र सो सुविधा प्राप्त हुने चुलाचुली ईलामका शरण लिम्बुले बताएका छन् ।

यसैगरी स्थानिय राजनितीज्ञ कमोट फागोले अस्पतालले उक्त सुविधा शुरु गरे पछि मृतकलाई केही दिन राखेर बिदेशमा भएका आफन्त आउन सजिलो भएको बताएका छन । अस्पताल प्रशासनको पहलमा यु।एन।एच।सि।आर।तथा आम्दा नेपालको सहयोगमा डेथ फ्रिज लगायतका सहयोग प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त शर्मा पराजुलीले बताएका छन ।

अध्यक्ष पराजुलीले दातृ संस्थाहरुको
सहयोगमा मृत्यु भएका ४ जना सम्म राख्न सक्ने क्षमता भएको सा २ वटा फ्रिज प्राप्त भएको बताउँदै थप एम्बुलेन्स लगायतका उपकरणहरु पनि प्राप्त हुने पाईप लाईनमा रहको जनाएका छन ।

सो अस्पतालका सिनीयर अहेव योगेन्द्र कट्टेलले डेथ फ्रिज संचालन गरेको सात महिनाको अवधीमा खोटाङ, मिक्लाजुङ, सुन्दरहरैँचा, रतवामाई, उदयपुर, बेलबारी, लेटाङ, मेचीनगर, दमक,गौरीगंन्ज लगायतका स्थानहरुबाट ६५ जनाले मृतकको बडी राखेको बताएका छन् ।

अस्पताल प्रशासनले डेथबडी राखेको प्रति दिन एक हजार पाँच सय रुपैँया शुल्क निर्धारण गरेको छ ।

पूर्वक्षेत्रका बिपी कोईराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान बाहेक अन्य सरकारी अस्पतालमा यो सुविधा नभको अस्पाताल प्रशासनले जनाउँदै पूर्ण सरकारी अस्पतालमा संचालन भएको यो पहिलो सेवा भएको समेत दावी गरेको छ ।

२०४६ सालको राजनितीक परिवर्तन पछि उर्लाबारीमा स्थापना भएको प्राथमिक स्वस्थ्य केन्द्रबाट निर्वाचन क्षेत्र स्तरिय स्वस्थ्य केन्द्रको रुपमा अपग्रेट हुँदै हाल जिल्ला अस्पतालको हैसियतमा रहेको सो अस्पतालमा एक जना मेडीकल सुपरीटेन्डेट सहित ६ जना एम।बि।एस।को दरबन्दी रहेको छ ।

अस्पतालमा दैनिक आकस्मिक बाहेक १ सय ५० जना बिरामीहरु स्वस्थ्य परिक्षण गराउन आउने गरेका छन ।

दुई बिगाहा क्षेत्रफलमा फैलीएको उक्त अस्पताललाई सुविधा संम्पन्न बनाउने तयरीका साथ कार्ययोजना बनाउदै गरेको बताउँदै अध्यक्ष शर्माले सरकारले ७ करोडको लागतमा निर्माणधिन नयाँ अस्पताल हस्तान्तरण भएपछि आवश्यकता अनुसारका संम्पूर्ण सेवा संचालन गर्ने तयरी भईरहेको बताएका छन् ।

ब्लास्ट खबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments