Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २ चैत २०७९ । चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ । सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको हो । सुब्बको भारतको सिलीगुडीस्थित एक अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएका छ ।

सुब्बा पहिलो नेपालीमूलका भारतीय चलचित्र निर्देशक समेत हुन् । उनले २०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गर्दै करिअर थालेका थिए ।

त्यसपछि सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी र चट्याङ जस्ता चर्चित नेपाली चलचित्र निर्देशन गरेका थिए ।

सुब्बाले चलचित्रका साथै थुप्रै टेलिचलचित्र पनि निर्देशन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया