Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

सुर्खेत, ५ मंसिर  । प्रहरीले भरुवा बन्दुकसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

बड्डीचौर प्रहरी चौकीको टोलीले बराहताल गाउँपालिका–५ का ४२ वर्षीय कुलबहादुर पुलामीलाई पक्राउ गरेको हो ।

बारीमा लुकाएर राखेको काठ र फलामबाट बनेको भरुवा बन्दुक एक थानका साथै त्यसमा लाग्ने बारुदसमेत बरामद गरेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पुलामीलाई हातहतियार खरखजना मुद्दाअन्तर्गत कारवाही गरिने उनले बताए ।

रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments