Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २३ फागुन २०७९ । निरन्तरजसो वियरिष ट्रेण्डपछि शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले सकारात्क रहेर १९ सय ५२ कायम भएर थामियो । कारोबार भने सवा अर्ब हाराहारीमै सीमित रह्यो ।

मंगलबार उत्पादनमूलक र सामूहिक लगानी कोष समूह बाहेक बाँकी समूह सरकारात्मक रहे । जलविद्युत समूहमा सबैभन्दा उच्च डेढ प्रतिशतबढीको वृद्धि आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६१ कम्पनीको ४० लाख ५९ हजार कित्ता शेयर १ अर्ब २० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६३ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो ।

मंगलबार शुभम पावर र सुपर मादी हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाए ।

 

तपाईको प्रतिक्रिया