Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, २१ फागुन २०७९ । झापामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक दमक नगरपालिका-२ निवासी २० वर्षीय रिवाज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कमल गाउँपालिका-७ स्थित मगर चोकमा शनिवार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी चालक पौडेल र सोही स्कुटरको पछाडि सवार दमक नगरपालिका-८ निवासी १८ वर्षीय सुरज चौधरी घाइते भएका थिए । घाइतेमध्ये चालक पौडेललाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लागिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया