गौरादह, २१ फागुन २०७९ । गौरादह जेसीजले होली पर्वको अवसरमा होली मिलन तथा क्यालेण्डर विमोचन गरि शुभकामना आदान प्रदान गर्ने भएको छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि होली पर्वको अवसरमा गौरादह बजारमा कार्यक्रम आयोजना गर्न लागिएको गौरादह जेसीज वर्ष २०२३ का अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
विश्व शान्ति तथा बन्धुत्वको भावनालाई प्रगाढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको भट्टराईले बताउनुभएको छ । कार्यक्रम बिहान ७ः३० बजे बाट सुरु हुने जनाइएको छ ।
त्यस अवसरमा उपस्थिति जनाइदिन हुन सम्पूर्णलाई आग्रह गरिएको छ ।