Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

 

काठमाडौं, ५ मंसिर  । कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीविनै मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ ।

बुधबार बिहान आफ्नै घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी भने थिएनन् ।

अर्जेन्टिनाको जितमा माउरो इकार्डी र पाउलो डिबलाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिनाले खेलको दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको दास्रो मिनेटमा नै इकार्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले पछि परेको मेक्सिकोले दोस्रो हाफमा पनि राम्रो खेल्न सकेन । खेलको ८७ औं मिनेटमा डिबलाले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

त्यस्तै, अर्को खेलमा चिलीले होन्डुरसलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । यता, वेल्सभने अल्बानियासँग १–० गोलले पराजित भएको छ ।

तपाईको प्रतिक्रिया