Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

दमक, २१ फागुन २०७९ । झापाका अनलाईन पत्रिकाका सञ्चालकहरु संगठित भएका छन् । जिल्लाको माईपश्चिम क्षेत्रमा मुख्य कार्यालय बनाएर अनलाईन पत्रिका सञ्चालन गर्दै आएका अनलाईन पत्रिकाका सञ्चालकहरु संगठित भएका हुन् । आज दमकमा बसेको अनलाईन सञ्चालकहरुको भेलाले विष्णु सुब्बाको अध्यक्षतामा अनलाईन पत्रकार समाज गठन गरेका हुन् ।

१५ सदस्यीय गठित समितिको उपाध्यक्षमा विष्णु पोखरेल, सचिवमा विष्णु पौडेल ,सहसचिवमा जीवन चुँडाल र कोषाध्यक्षमा युवराज विवश रहेका छन् । यसैगरि सदस्यहरुमा क्रमशः अनिलदेव राई, भूमिराज पराजुली, आत्माराम राजवंशी, सन्तोष विष्ट, दिनेश दंगाल, डण्डीराज घिमिरे, उमनाथ भण्डारी, सेलिङ केशी, उत्तम रिजाल र मदन राजवंशी रहेका छन् ।

भेलाले ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा विमल लामिछाने, कमन देवान, गिरिराज भट्टराई, मिनप्रकाश उप्रेति, डिकेश लामा, दिलकुमार लावती र देशराज नेम्बाङ रहेका छन् ।
भेलाले अनलाईन पत्रिकालाई ब्यवस्थित बनाउँदै पेशागत हकहितको लागि काम गर्ने निर्णय गरेको छ । समितिले स्थानीय पालिकाहरुमा लोक कल्याणकारी विज्ञापनकालागि समेत पहल गर्ने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया