Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौँ, १९ फागुन २०७९ । सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ । बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए ।

प्रवक्ता बस्नेतले शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको बताए ।
केही साताअघि व्यवसायी दुर्गा प्रसाईंले झापामा आयोजित सार्वजनिक कार्यक्रममै बैंकरवित्तीय संस्थाका सञ्चालकरकर्मचारीलाई कालोमोसो दल्न भन्दै ऋणीलाई उक्साएका थिए । उनको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिनसक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको छ ।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जुनसुकै आवरणमा भए पनि कानुन हातमा लिने जोसुकैलाई कारबाही गरिने बताए । ‘कालोमोसो दल्न आह्वान गर्ने दुर्गा प्रसाईंको अभिव्यक्तिलाई प्रहरीले ‘नोटिस’ मा राखेर सम्भावित आपराधिक गतिविधि रोक्न सुक्ष्म निगरानी गरिएको प्रवक्ता पोखरेलले बताए ।

 

तपाईको प्रतिक्रिया