Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, १९ फागुन २०७९ । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन् ।

शुक्रबार अपरान्ह पौडेलसहित कांग्रेस नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगेका थिए ।

त्यहाँ सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग भेट गरी पौडेलले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा मत मागेका थिए ।

तर रास्वपा नेताहरुले भने पार्टीको बैठक बसेर निर्णय गर्ने जवाफ दिएका नेताहरुले बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया