Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

काठमाडौं, १९ फागुन २०७९ । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य वृद्धि गरेको हो ।

बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्‌मा पेश गरेपछि सरकारले मूल्य बढाएको हो ।

मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया