Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

जेबि खड्का
गौरादह, फागुन २०७९ । गौरादह नगरपालिका वडा नं.७ को जुरोपानी स्वास्थ्य चौकीमा संचालन गरिएको आँखा शिविरमा ३४ जना मोतिया बिन्दुका बिरामी भेटिएका छन। गौरादह नगरपालिकाको आयोजनामा संचालन गरिएको नि:शुल्क आँखा शिविरमा नगरपालिका भित्रका ४ सय ५४ जनाले आँखा परिक्षण गराएका थिए। शिविरमा भेटिएका मोतिया बिन्दुका बिरामीलाई निस्शुल्क अपरेसनका लागि मेची आँखा अस्पताल बिर्तामोड लगिएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शिविरमा आँखा परिक्षण गराउन आएका अधिकांशमा आँखामा मासु पलाएका, एलर्जी भएका र दृष्टि कम भई चस्मा लगाउनु पर्ने समस्या भएका बिरामी भेटिएको डा। दुर्गेश पासवानले बताएका छन। आँखा परिक्षणमा भेटिएका सामान्य प्रकारका बिरामीलाई निस्शुल्क औषधि तथा चस्मा बितरण गरिएको पासवानले बताएका छन।मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा संचालन गरिएको आँखा शिविरमा अस्पतालका ६ जनाको टोलिले आँखा परिक्षण गरेको थियो।

गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख नगेन्द्र भण्डारीले शिविरको उद्घाटन गरेका थिए। शिविरको उद्घाटन गर्दै भण्डारीले नगरवासीलाई घर आँगनमा स्वास्थ्य सेवा दिने उदेश्यले शिविर संचालन गरिएको जानकारी गराए।उद्घाटन कार्यक्रममा बोल्दै मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहोराले आँखाका बिरामीहरुले सहज रुपमा शिविरबाट सेवा लिन सक्नुहुने जानकारी गराए। गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले स्वागत मन्तब्य राखेको कार्यक्रममा सह ( स्वास्थ्य शाखा प्रमुख गोबिन्द श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रम गौरादह नगरपालिका वडा नं (७ का वडाध्यक्ष बलराम खरेलको सभापतित्वमा सम्पन्न भएको थियो।

 

 

 

 

 

तपाईको प्रतिक्रिया