विराटनगर, १६ फागुन २०७९ । सुनसरीको इटहरी उपमहानगरपालिकाले दुई हजार विपन्न परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अति विपन्न दुई हजार परिवारको बीमा गरिदिने भएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेलले स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्न नि:शुल्क बीमा कार्यक्रम सुरु गरेको बताए । प्रत्येक वडाबाट ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरिने र नि:शुल्क बीमा गरिने उनको भनाइ छ ।
आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनले बताए ।