Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

एजेन्सी, १६ फागुन २०७९ । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ रिलिज भएको ३४ औं दिनमा विश्वभरबाट १ हजार २० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले भारतमा मात्रै ५ सय करोड भारतीय रुपैयाँ र विश्वभरबाट गरी कुल १ हजार २० करोड भारतीय रुपैयाँ कमाएको छ । यो फिल्मले कमाईको हिसाबले धेरै ब्लकबस्टर फिल्महरूलाई पछाडि पारेको छ । जसमा ‘बाहुबली २’, ‘केजीएफ २’ जस्ता फिल्महरू छन् ।

पठानले ५ औं साताको सोमबार १ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाई गरेको छ । जुन साँच्चै प्रशंसनीय छ । फिल्मको भारतीय बक्स अफिस कलेक्शन सबै भाषामा गरेर ५ सय करोड भारतीय रुपौयाँ रहेको छ ।

शराज फिल्मसद्वारा निर्मित फिल्मले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा शाहरुख बाहेक दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया र आशुतोष रानाको अभिनय रहेको छ ।

 

तपाईको प्रतिक्रिया