Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, १२ फागुन २०७९ । नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा सो निर्णय भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बैठकमा राष्ट्रपतिको विषयमा मात्रै छलफल भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रस्ताव राखेको र सबै ८ दलले सहमति जनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा विषयमा मात्रै छलफल भयो । प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सहयोग गरौँ भनेर प्रस्ताव गर्नुभयो । त्यसमा आठ दलले नेपाली कांग्रेसको उम्मेदवारलाई यस पटकको राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने टुंगो लागेको छ ।’

बैठकमा उपस्थित नेपाली कांग्रेस सहितिका ८ दलहरुले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भएको हो ।

 

तपाईको प्रतिक्रिया