Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

बिर्तामोड, १२ फागुन २०७९ । गत फागुन ५ गतेबाट शुरु भएको बिर्ताामोड अन्तराष्ट्रि औद्योगिक ब्यापार महोत्सवमा आर्थिक कारोबारसंगै शैक्षिक परामर्शम पनि विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ ।

महोत्सव स्थलमा सहभागि हुने अवलोकन कर्ताहरुले शैक्षिक पराामर्शकाो क्षेत्रमा समेत बुझने तथा विदेश अध्ययनका लागि जाने तयारी गरिरहेका विद्यार्थीले विश्वविद्यालय, विभिन्न देशहरुको बारेमा जिज्ञासा राख्ने गरेको रोहिनी बिर्ताामोड एजुकेशन कन्सल्टेन्सीका सञ्चालक एवम् नेपाल शैक्षिक परामर्श संघ( इक्यान) झापाका अध्यक्ष मिलन ओलीले बताए । उनले भने– महोत्सव परिसरमा रहेका कन्सल्ेटन्सीका स्टलहरुमा विभिन्न स्थनबाट आउनुभएका विद्यार्थी तथा अभिभावकले विभिन्न देशको शैक्षिक अवस्था, जान चाहेमा अप्नाउनुपर्ने प्रक्रियाका विषयमा बुझने गर्नुभएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरुभएको महोत्सवमा झापासहित विभिन्न जिल्लाबाट आएका अवलोकन कर्ताहरुले शैक्षिक परामर्श लिने गरेको जनाइएको छ । महोत्सव स्थलमा नै शिक्षाकाो क्षेत्रमा जानकारी गराउने उद्धठेश्यले स्टलहरु राखेर परामर्श दिने तथा विभिन्न कलेजहरुको जानकारी गराउने काम भइरहेको बोस्टन एजुकेशन फाउण्डेशनका सञ्चालक एवम् इक्यान झापाका निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेलले जानकारी दिए ।

महोत्सव परिसरमा रहेको स्टलहरुबाट अष्ट्रेलिया,युएसए, क्यानडा, न्युजिल्याण्ड, युके, जापान लगायतका देशहरुमा रहेकाा विश्वविद्याालयहरुका बारेमा जानकारी गराउने काम भइरहेको इक्यान झापाका अतिरिक्त विभाग प्रमुख एवम् विर्ता सिटी कन्सल्टेन्सीका अनिल सापकोटाले बताए । महोत्सव स्थलमा बोस्न, रोहिनी, बिर्ता सिटी, केआईसी, ग्लोबल टच लगायतका कन्सल्टेन्सीहरुले स्टल राखेर विद्यार्थी तथा अभिभावकहरुलाई शैक्षिक परामर्श दिइरहेका छन् ।

महाोत्सवलाई अझ व्याापक बनाउदैं ब्यपारसंगै शैक्षिक क्षेत्रको जानकारी गराउने उद्धेश्यले पहिलो पटक स्टल राखेर परामर्श दिने काम भइरहेको बताइएको छ । शैक्षिक परामर्शको स्टलहरुमा युवा उमेश समुहका मानिसहरुको आकर्षण धेरै हरेको जनाइएको छ । शैक्षिक क्षेत्रको जाानकारी एकै थलोबाट दिने उद्धेश्यले इक्यान झापाको पहलमा विभिन्न कन्सल्टेन्सीहरुले स्टलहरु राखेका हुन् ।
उच्च शिक्षा अध्ययन गर्नका लागि नेपाल तथा विदेशका विश्वविद्यालयहरुको जानकारी गराउदैं आएका कन्सल्टेन्सीहरुले महोत्सव परिसरमा स्टल राखेर बिर्ताामोडको विविधतालाई अझ फरााकिलाो पार्ने काम गरेको बिर्तामोड उद्योग वााणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । महोत्सवमा घुम्न आउनेहरुले केही न केही ज्ञान लिने अवसर कन्सल्टेन्सीहरुले प्रदान गरेको भन्दै अन्य व्याापारसंगै शैक्षिक क्षेत्रकाा विषयमा जानकारी पााउने सुनौलो अवसर बिर्ताामोड अन्तरााष्ट्रिय ब्यापार महोत्सवले जुरााएको महोत्सव मुल आयाोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । उनले महोत्सव स्थलमा सहभागि बनेका विद्यार्थी तथा अभिभावकलाई थोरै समय छुट्टियाएर शैक्षिक परामर्शका विषयमा जानकारी लिन समेत सबैलाई आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया