Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १२ फागुन २०७९ । यही फागुन ५ गतेदेखि सञ्चालन गर्दै आएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहालसहित मेलास्थलको अनुगमन गरेको हो ।

महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालले बताए । विगतको तुलनामा उपस्थिति कम जस्तो देखिएपनि कोरोनाले थलिएको बजार क्रमिक रुपमा उठ्दैछ भन्ने सन्देश दिएको दाहालको भनाई छ ।
नेपालसहित विश्व नै आर्थिक चपेटाबाट गुज्रिरहेको अवस्थामा व्यापारीहरुलाई प्रोत्साहन गर्नका लागि मेला आयोजना गर्ने आँट गर्नु नै ठूलो कुरा भएको बताउदै व्यापारी–व्यवसायीलाई पनि क्रमिक रुपमा व्यवसायले पिकअप लिने धारणा राखे ।
कृषि औजारदेखि उत्पादन, कपडा, खाद्य परिकार लगायत विभिन्न किसिमका व्यापारको स्टल राखिएको महोत्सवस्थलमा दैनिक झापामा बसोबास गर्ने आदिवासी÷जनजाति समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुँदै आएको महोत्सवका आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

आर्थिक मन्दी, बैंकको ताकेता लगायतका कारणले निराश भएका व्यवसायीलाई महोत्सवले उत्साहित बनाएको मेला आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए । महोत्सवले ब्यापारी व्यवसायीमा उत्साह थपेको महोत्सव संयोजन समितिका सचिव कुशल खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया