Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

जेबि खड्का
गौरादह, ११ फागुन २०७९ । गौरादह कन्काई सिड्स प्रा.लि. ले पहिलो पटक धानको बीउ छर्ने हाते मेसिन प्रयोगमा ल्याएको छ। कृषि ज्ञान केन्द्र झापाबाट उपलब्ध धान छर्ने हाते मेसिन ड्रम सिडरबाट खेतमा धान झरेर नमुनाको रुपमा प्रयोगमा ल्याएको हो।

परम्परागत खेती प्रणालीलाई बिस्थापित गर्दै आधुनिक खेती प्रणालीको सुरुवात गरिएको वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराएका छन। कृषिमा आधुनिक उपकरणहरु भित्रिदै जाँदा किसानहरुलाई बाली लगाउन सहज हुनुका साथै किसानलाई हैरानी नहुने अध्यक्ष भण्डारीले बताएका छन। किसानहरुले खेतीमा हैरानी बेहोरी रहेको र बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो आइरहेको समयमा यस प्रकारका कृषि उपकरणहरुको प्रयागबाट किसानलाई सहज हुने उनको भनाइ छ। कन्काइ सिड्स प्रा.लि. ले गौरादह-१ को बीउ उत्पादक समुहको ब्लक खेतीमा उपकरणबाट धान छरेर प्रयोग गरेर देखाएको थियो। कन्काई सिड्स प्रा.लि ले स्थानीय बासिन्दा र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा धान छरेर आधुनिक उपकरण प्रयोगमा ल्याएको हो। प्रा.लि.ले गौरादह-१ मा १ सय बिघा जग्गा ब्लकको रुपमा प्रयोग गर्दै आएको छ। ब्लकमा धानको बीउ उत्पादन तथा कृषि प्रयोजनका लागि प्रयोग गरिदै आएको संचालक खड्ग बहादुर थापाले बताएका छन। किसानहरुलाई धानको बीउ सहज रुपमा उपलब्ध गराउन बिगत ४ बर्ष अगाडि देखि प्रा.लि. ले बीउ उत्पादनको कार्य गरिरहेको थापाको भनाइ छ।

धानको बीउ छर्न प्रयोग गरिने विधि,धानको अवस्थाको बारेमा समेत जानकारी गराइएको थियो। त्यस अबसरमा उद्योग कृषि सहकारी मन्त्रालयका सचिब मेघनाथ तिमल्सिना,कृषि ज्ञान केन्द्र झापाका कार्यलय प्रमुख सागर बिष्ट, बाग्बानी अधिकृत अंकित भट्टराई, गौरादह कृषि शाखा प्रमुख संगम भट्टराई, गौरादह कृषि प्राबिधिक प्रमुख सुनिता राई, प्रा.लि. का संचालक नगेन्द्र कार्की, भिम कुवर लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया