Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १० फागुन २०७९ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ को अडिसन गर्ने भएको छ । नेपालको रियालिटी शो मध्येको पहिलो सबैभन्दा धेरै पुरस्कार राशी भएको यस शो ले झापाको दमकमा यहि फागुन २० र २१ गते फिल्ड अडिसन गर्ने बुधबार(आज) दमकको नेपालीरिका होटलमा पत्रकार सम्मेलन मार्फत आयोजक टिमले जानकारी दिएको हो ।

दमक-९ को सरस्वती माध्यमिक विद्यालय इटाभट्टामा हुने अडिसन हुने जनाइएको छ भने, अडिसनमा सहभागीता जनाउनेले निःशुल्क अडिसन दिन सकिने बताइएको छ । अडिसनका लागि बिहान ८ देखि साँझ ५ बजे सम्मका लागि समय तोकिएको छ । दुवै शो का विजेताहरुले नगद १ करोड प्राप्त गर्नेछन् भने, दोस्रो ले ३० लाख र तेस्रोले २० लाख नगद प्राप्त गर्नेछन् । हालसम्म अमेरिका, क्यानाडा , युरोप र दुवईमा अडिसन सम्पन्न भइसकेको छ । भने भारतको सिलगुडि, थाइल्याण्ड र अष्ट्रेलियामा अडीसन हुँन बाँकी छ । सिलगुडिमा आगामी मार्च महिनाको १४ र १५ तारिखमा अडिसन हुने जनाइएको छ ।

नेपालको नेपालगञ्ज, बुटवल हुँदै विभिन्न स्थानमा असिडन चलिरहेको छ । नेपालबाट अमेरिकामा गएका नेपालीहरुले स्थापना गरेको सस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले आयोजना गरेको यो प्रतियोगिताको सबै अडिसनबाट प्रतियोगी छनौट गरि १ सय २० जनालाई अन्तिम चरणमा लगिने छ । काठमाडौमा हुने अन्तिम चरणको प्रतियोगीतामा थप १२ सम्म निर्णायकहरुको निणर्यले प्रतियोगी छनौट हुनेछन्, भने एस एम एस तथा एप्लिकेशसन मार्फत जनताको मत मार्फत पनि प्रतियोगी छानीने आयोजकले जनाएको छ । यसका लागि सहभागिता जनाउनेहरु नेपाली भाषी हुनुपर्ने साथै १८ वर्ष भन्दा माथिका उमेर समूहका हुनुपर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

यसैबीच, नेपालको कला, संस्कृति झल्काउने सामुहिक नृत्यलाई पनि प्रतियोगीतको रुपमा समावेश गराइने जनाइएको छ । सामुहिक नृत्यका विजेताले नगद २० लाख, दोस्रोले १५ लाख र तृतिय हुने समुहले ५ लाख प्राप्त गर्ने छ । नेपाली गीत, संगीत, भाषा, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो शो आयोजना गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया