Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ८ फागुन २०७९ । पूर्वस्वास्थ्य मन्त्री एवं वरिष्ठ चिकित्सक मथुरा प्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

लामो समयदेखि दम र छातिको समस्याबाट पीडित श्रेष्ठको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सोमबार बिहान निधन भएको हो । २०४६ सालमा प्रजातन्त्र पुनर्वहालीको आन्दोलमा सक्रिय श्रेष्ठ त्यसपछि बनेको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्नुभएको थियो ।

समुदायमा आधारित स्वास्थ्य उपचारको वकालत श्रेष्ठ मानवअधिकारको क्षेत्रमा पनि क्रियाशील हुनुहुन्थ्यो । उहाँका ६ जना छोरा र एक जना छोरी रहेका छन् । श्रेष्ठको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया