Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, ४ मंसिर । एक बालिकालाइ दमकको हम्सेदुम्से सामुदायिक बनभित्र लगेर बलात्कार गरेको अभियोगमा एक सुन ब्यवसायी पक्राउ परेको बताईएको छ ।

पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमलालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको जनाईएको छ । बेलुका ८ बजेर २० मिनेट जाँदा प्रहरीले पक्राउ गरेको बताइन्छ । पक्राउ परेका धमला सुन ब्यवसायी भएको र आवश्यक अनुसन्धान भइरहेको श्रोतको भनाइ रहेको छ ।

स्कुटीमा बालिकालाइ हालेर जंगलतर्फ गएपछि स्थानीयले परिवारमा खबर गरेपछि रंगेहात स्थानीयले प्रहरीमा बुझाएको जनाईएको छ । ललाइ फकाइ गरेर जंगलतर्फ लगेर धमलाले बालिकालाइ बलात्कार गरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएको समेत बताईएको छ

सवालनेपालबाट

तपाईको प्रतिक्रिया