Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३ फागुन २०७९ । प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ । प्रदेशमै पहिलो पटक गर्न लागिएको चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो । बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी दिइएको जानकारी अनुसार सुनसरी सदरमुकाम इनरुवामा फागुनको ७ गतेबाट महोत्सव सुरु हुने छ ।

महोत्सव फागुनको १२ गतेसम्म चल्ने छ । इनरुवा नगरपालिकाको संयोजन र प्रदेश सरकारको विशेष सहयोगमा आयोजना हुन लागेको महोत्सवलाई आयोजकले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको रुपमा सञ्चालनमा ल्याउन लागेको छ ।

चलचित्र महोत्सवमा दुई दर्जन बढी चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवलाई आयोजकले प्रदेश १ का कलाकारहरुको भावना र सम्मानलाई आत्मसाथ गर्दै दर्शकमाझ नेपाली चलचित्रलाई माया गर्ने परिपार्टीको विकास गर्ने माध्यमका रुपमा अघि बढाउन लागेको जनाएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा स्थानीय कला प्रवद्र्धनसँगै विधागत प्रतिष्पर्धा र उत्कृष्ट व्यक्तित्व र कलाकारका रुपमा तारा सम्मान जस्ता कार्यक्रमको आयोजना गरिने छ ।

महोत्सवमा बेहुली प्रतियोगिता, फेन्सी ड्रेस, नृत्य, निवन्ध, कुस्ती लगायतका प्रतियोगिताका साथै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना हुने छ ।

 

तपाईको प्रतिक्रिया