Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

तनहुँ, १ फागुन २०७९ । तनहुँको बन्दीपुरबाट आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा र बुहारीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका– ३ सेराटार बस्ने ८४ वर्षीय माया सर्किनीकी ४७ वर्षीय छोरा राजकुमार सार्की र ३५ वर्षीय बुहारी शुसिला मजाकोटी रहेका छन् ।

आइतबार बन्दिपुर गाउँपालिका–३ सेराटार बस्ने माया सर्किनी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा मृतक मायालाई निजकै छोरा बुहारीले कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

आमाको हत्या गर्ने छोरा बुहारी दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया