Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १ फागुन २०७९ । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि पहिलो चरणको राहत सामाग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामाग्रीहरु सोमबार दिउँसो टर्की पठाइएको हो ।

राहत सामाग्रीमा औषधि, मेडिकल उपकरण, कपडालगायत अन्य अत्यावश्यक सामाग्रीहरु समावेश छन् ।

माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामाग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

गत सोमबार आएको शक्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ ।

टर्की र सिरियामा गरी ३० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया