Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ४ मंसिर । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले टोखा–६ धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।

वृतका प्रहरी नायब उपरिक्षक (डिएसपी) फणिन्द्र प्रसाईंको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा २ हजार लिटर तयारी अवैध मदिरा बरामद गरेको हो ।

डिएसपी प्रसाईंका अनुसार घरेलु मदिरासहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, प्लाष्टिकका भाँडाकुँडा र अन्य सामाग्री समेत बरामद गरिएका छन् ।

यस्तै मदिरा बनाउन प्रयोग गरिने कोदोको कच्चा पदार्थ ३५ बोरा, ३६ वटा प्लाष्टिकको बाल्टीमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर, १२ वटा प्लाष्टिकको बाटामा भातको कच्चा पदार्थ, ५ वटा ड्रममा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर बरामद गरिएको हो ।

घरेलु अवैध मदिराबाट समाजमा झै–झगडा भै अपराधिक क्रियाकलाप बढ्दै जाने भएकाले निरुत्साहित गर्न प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको हो ।

बरामद गरिएको अवैध घरेलु मदिरा वडा नम्बर ६ का प्रतिनिधि महेश्वर केसीको रोहवरमा नष्ट गरिएको छ ।

अवैध मदिरा बरामद गरेर टोली फर्किने क्रममा सोही स्थान नजिक छुकिछिपी बसेको अवस्थामा संखुवासभा–४ हटिया स्थायी घर भएका ४८ वर्षीय धेम्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई प्रहरीले ७० लिटर अवैध मदिरासहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया