Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २६ माघ २०७९ । बैंकहरुले ऋणीको धितो लिलामीका लागि सूचना जारी गर्दा व्यक्तिको फोटो प्रकाशन गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निदेशन जारी गर्दै धितो लिलामीका लागि सार्वजनिक गरिने सूचनामा प्राकृतिक व्यक्तिको फोटो प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो ।

हालसम्म बैंकहरुले धितो लिलामीका लागि सूचना सार्वजनिक गर्दा व्यक्तिहरुको विवरण फोटोसहित पत्रपत्रिकामा सार्वजनिक गर्दै आएका थिए । ऋणीले समयमै बैंकको साँवा तथा ब्याज भुक्तानी गर्न नसकेमा बैंकहरुले सार्वजनिक सूचना जारी गर्दै भुक्तानीका लागि आग्रह गर्छन् । भुक्तानी गर्न ऋणी नआएमा धितो लिलामी गर्ने सूचना जारी गर्छन् । सूचना जारीपछि पनि ऋण चुक्ता नभए बैंकले धितो लिलामी बिक्री गरी सोबाट साँवा तथा ब्याज रकम असुल गर्न सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया