Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २४ माघ २०७९ । नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको मृत्यु भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो ।

५९ वर्षीय घलेको मंगलबार (आज) मध्यान्ह मृत्यु भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । घले उपचारका लागि भारत पनि पुगेका थिए । मनाङका घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।

उनी कांग्रेसमा महासमिति सदस्य हुन् । सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको प्रमुख सचेतक लेखकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

तपाईको प्रतिक्रिया