Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १९ माघ २०७९ । विद्युतीय कारोबारमा जोड दिदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो ।

राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट प्रतिदिन ३ लाख रुपियासम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपिया सम्म कारोबार गर्न सकिने व्यवस्था थियो ।

त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपिया सम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपिया सम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो ।

साथै, वालेटबाट बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपिया“सम्म पठाउन सकिने भएको छ । यसअघि प्रतिदिन १ लाख रुपिया मात्रै पठाउन सकिन्थ्यो । प्रतिमहिना १० लाख रुपिया सम्म गर्न सकिने कारोबारको सीमा भने यथावत रहेको छ । नेपाल समाचारपत्र दैनिक

तपाईको प्रतिक्रिया