Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, १९ माघ २०७९ । चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेका चार जनाको मृत्यु भएको प्रान्तीय आपतकालीन व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ ।

बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध जुसान कोइला कम्पनीको जुसान खानीमा जनवरी २७ मा बिहान करिब ५ बजे भएको थियो ।

स्थानीय आपतकालीन व्यवस्थापन प्राधिकरण र खानी सुरक्षा प्रशासनले बुधबार परिपत्र जारी गर्दै कोइला कम्पनीको उत्पादनमा कुनै समस्या आएमा सुधार गर्न र सुधार अवधिमा यसको सुरक्षा व्यवस्थापन सुदृढ गर्न निर्देशन दिएको हो ।

 

तपाईको प्रतिक्रिया