Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

३ मङ्सिर । देवउठनीएकादशी अर्थात कार्तिक शुक्लपक्षको ठुली एकादशीमा तुलसी र भगवान शालिग्रामको विवाह गर्ने प्रचलन छ । यसो गर्नाले भगवान विष्णु र माता लक्ष्मी प्रशन्न हुने र चाहेको मनोकामना पुग्छ भन्ने विश्वास रहँदै आएको छ। किनकी पूराणका अनुसार तुलसी र लक्ष्मीको विवाह एक रुप हो । शालिग्राम पनि भगान विष्णुकै एक रुप हो । यस्तो किन हुन्छ भन्ने विषयमा पूराणमा उल्लेख गरेको छ।

तुलसी र शालिग्रामको विवाह गर्नाले घरमा समृद्धि र सुख बढ्ने विश्वास पनि रहेको छ। त्यसैले सनातन धर्ममा देवी तुलसी र भगवान शालिग्रामको विवाह परम्परादेखि नै चल्दै आएको हो।

कसरी सुरु भयो विवाह परम्परा ?

ब्रह्मववर्त पूराणका अनुसार तुलसी, शंखचुण्ड जालन्धर नाम गरेका एक पापिष्टकी पत्नी थिईन्। तुलसीको सतित्वका कारण देवता शंखचुण्डा मार्न सक्ने अवस्थामा थिएनन्।

यहि समयमा भगवान विष्णुले आफ्नो भेष बदलेर शंखचुण्डा रुपी भई तुलसीको पतिब्रता नष्ट गरिदिए जसका प्रभावले भगवान शिवले पापिष्ट शंखचुण्डालाई मारे।

जब तुलसीलाई यो थाहा भयो तब उनले भगवान विष्णुलाई ढुँगा हुन परोस् भनी श्राप दिईन्। भगवान विष्णुले तुलसीको श्राप मानेर नदी किनारमा गएर शालिग्राम भएर रहे। तुलसीले पृथ्वीका मानिसले तिम्रो र मेरो विवाह गरुन्, जसबाट उनीहरुलाई पून्य लाभ हुनेछ भनेकाले अहिले पनि तुलसी र शालिग्रामको विवाह हुने गरेको बताईन्छ।

मान्यताका अनुसार नेपालको कालीगण्डकी नदीमा पाईने कालो रंगको शिलालाई नै भगवान विष्णुको रुप मान्ने गरिन्छ।

हरेक वर्ष धर्ममा आस्था राख्ने मानिसहरुले आज एकादशीमा तुलसी र शालिग्रामको विवाह गरी धर्मलाभ लिने गर्दछन्। संकल्प सहित तुलसीको विवाह गरेमा त्यस्ता व्यक्तिहरुलाई सुख र समृद्धि मिल्ने विश्वास रहेको छ।

श्रोत:एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments