Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १८ माघ २०७९ । अभिनेत्री तथा मोडल जेविका कार्कीले फिल्मका निर्माण नियन्त्रक मनोज जोशीसँग इन्गेजमेन्ट गरेकी छन् । उनले बुधबार पेप्सीकोलास्थित आफ्नै घरमा आफन्त र नजिकका साथीभाइको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन् ।

४ वर्षदेखिको प्रेम सम्बन्ध उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् । आगामी फागुन ४ गते विवाह र ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको बताइको छ ।

जेविकाले फिल्म हिजोआजका कुरा, जयश्री दाम, कारखाना, पर्व र जन्मभूमिजस्ता फिल्ममा पनि अभिनय गरेकी छन् । फिल्मसँगै उनी म्युजिक भिडियोको पनि चलेकी मोडल हुन् ।

 

तपाईको प्रतिक्रिया