Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का

गौरादह, ३ मंसिर । गौरादह नगरपालिका ७ स्थित पुरानो ग्वालडुब्बा निवासी बेलबत्ती ताजपुरीयालाई कृतिम खुट्टा हस्तान्तरण गरिएको छ ।

गौरादह नगरपालिकाले ताजपुरीयाको घरमै पुगेर एक कार्यक्रमको आयोजना गरि स्थानीयबासी, जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरुको रोहबरमा नगरप्रमुख रोहीतकुमार शाह र उप्रप्रमुख गीता भेटवालले हस्तान्तरण गरेका हुन् । गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नगर भित्र रहेका अपाङग व्यक्तिहरुलाई सपोर्ट सामग्री वितरण गर्न नगरपालिकाले विनियोजित गरेको बजेटबाट कृतिम खुट्टा हस्तान्तरण गरिएको बताए ।

यस आर्थिक वर्षमा नगरपालिकाले अपाङग व्यक्तिहरुका लागी २ लाख विनियोजित गरेकोमा बेलबत्ती ताजपुरीयाको खुट्टाको लागी १ लाख २१ हजारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट खरिद गरिएको जानकारी गराए । ४० वर्षकी बेलबत्ती ताजपुरीया १० वर्ष अगाडी देखी हात्तीपाइले रोगबाट ग्रस्त थिइन् । उनको देब्रे खुट्टा हात्तीपाइले रोगका कारण सुन्नीएकाले दुई वर्ष अगाडि अस्पतालमा खुट्टा काटिएको थियो ।

एउटा खुट्टाको अभावमा फलामको बैशाखी टेकेर हिंड्ने गरेकी थिइन् । नगर भित्र रहेका अपाङग व्यक्ति र आर्थिक अवस्था न्यून भएका व्यक्तिहरुलाई सहजताको लागी नगरपालिकाले आवश्यक सामग्री वितरण गर्ने लक्ष्य राखेको वडा नं. ९ का वडाध्यक्ष सीताराम भट्टराइले जानकारी गराए ।

तपाईको प्रतिक्रिया