Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, १७ माघ २०७९ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको हो। चालू आर्थिक वर्षको संघीय सञ्चित कोष ९० अर्ब ऋणात्मक रहेको देखाएको छ।

नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर हुँदा वैदेशिक ऋणको साँवा तथा व्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्‍त हुन गएकाले नेपाल सरकारको स्रोतमा चाप परेको विज्ञप्तिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया