Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा, गौरादह, ३ मंसिर । चाडपर्वहरुलाई लक्ष्यित गरि सातै दिन खुल्ला रहेको झापाको गौरादह बजार चाडपर्वको समापन सँगै भोल मंगलबारदेखि साप्ताहिक रुपमा एक दिन बन्द हुने भएको छ ।

यस वर्षको चाड दशैं तिहार छठ पर्वको अवसरमा सेवाग्राहीहरुलाई किनमेल गर्न सहज बनाउने उद्देश्यले गौरादह बजार खुल्ला गरिएको थियो । यसअघि हप्तामा एकदिन मंगलबार बजार बन्द हुने गरेको थियो ।

गौरादह उद्योग वाणीज्य संघको निर्णय अनुसार चाडपर्वमा बजार खुल्ला र चाडपर्व सकिए लगत्तै मंगलबार बन्द गर्ने निर्णय गरिएकोे गौरादह उद्योग वाणीज्य संघका अध्यक्ष जीवन राईले जानकारी दिनुभयो ।

असोज २ गते मंगलबार देखि खुल्ला गरिएको बजार कार्तिक २७ को छठ पर्व सम्मका लागि गौरादहका उपभोक्ताहरु लाई किनमेल गर्न सजिलो होस भन्ने उद्देश्यले बजार खुल्ला गरिएको थियो ।

चाडपर्व सकिए लगत्तै प्रत्येक मंगलबार बन्द हुँदै आएको गौरादह बजार साप्ताहिक रुपमा बन्द रहने अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँले अरु बेला जस्तै साताको मंगलबार एक दिन बजार बन्द गरिदिनु हुन सबै व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया