Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

महोत्तरी, ३ मंसिर ।  महोत्तरीको सोनमामा आईतबारराति लुटपाट भएको छ । आईतबार मध्यरातिमा ८ –१० जनाको समुहमा आएका अज्ञात समुहले सोनमा गाँउपालिका ३ खखनाका शिवचन्द्र राय यादवको घरमा लुटपाट गरेका हुन

। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार उक्त समुहले वाँसको भाटाले घरमा सदस्यमाथि प्रहार गर्दै १० लाख बराबरको जिन्सी समान लुटेका छन । सो समुहले रायको घरमा रहेको ५ पिस नयाँ साडी, ४ वटा मोवाईल, ५ तोला सुन र चाँदीको बाला लगायतका सरसमान लुटेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

वाँसको भाटाले प्रहार गर्दा स्थानिय ललिन राय, संजय यादव र सुरेन्द्र यादव गम्भीर घाईते भएका छन । उनीहरुको सम्सीबजारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको सम्बन्धमा स्थानियले समयमै खबर नगरेपछि ढिलो गरि प्रहरी घटनास्थलमा पुगेकोले घटनामा संलग्नहरु पmरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया