Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, १३ माघ २०७९ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यही माघ १४ गतेदेखि हुने सातै प्रदेशका पूर्वनिर्धारित प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा। मुकुल ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेश समितिका सबै बैठक र संगठन विस्तारका सबै कार्यक्रम पार्टीको केन्द्रीय समितिको निर्णय बमोजिम विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया