स्लामावाद, १२ माघ २०७९ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ । सो घटनामा २ महिला घाइते भएका छन् ।
परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाइ हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्किएको थियो।
सो कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए । उद्धार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।
घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ ।एजेन्सी