Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ९ माघ २०७९ । नेपालबाट भारततर्फ अवैध रुपमा लाँदै गरेको करिब ५४ हजार ७ सय ८२ मुल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

सोमबार बिहान ४ः४५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ मेचीकिनार समसान घाट स्थितबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको अन्दाजी ५ हजार ४ सय ७२ मुल्य बराबरको लिरिल साबुन (नुहाउने) १ कार्टुन , अन्दाजी २५ हजार ९ सय २० मुल्य बराबरको कोलगेट टुथपेष्ट (१००ग्रामको) २ कार्टुन , ्अन्दाजी ८ हजार ६ सय ४० मुल्य बराबरको कोलगेट टुथपेष्ट (३८ग्रामको) १ कार्टुन , अन्दाजी १४ हजार ७ सय ५० मुल्य बराबरको हाजमोला ५ कार्टुन गरी अन्दाजी ५४ हजार ७ सय ८२ मुल्य बराबरको सामानहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

थप आवश्यक कार्वाहीको लागी भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो।

तपाईको प्रतिक्रिया