Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३ माघ २०७९ । नेकपा एमालेका रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुखमा निर्वाचित हुनु भएको छ । मंगलबार प्रदेश सभामा भएको सभामुखको निर्वाचनमा मण्डल ७४ मत पाएर निर्वाचित हुनु भएको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले मण्डलको पक्षमा मतदान गरेका थिए ।त्यसैगरी नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवार बन्नु भएका जंगीलाल रायलाई भने २९ मत प्राप्त भएको थियो ।

मण्डल धनुषा क्षेत्र नम्बर १ ९ख०बाट दोश्रोपटक निर्वाचित सांसद हुनुहन्छ । मण्डलको विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए । मधेश प्रदेश सभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९ र पाँचजना स्वतन्त्र सांसद छन् ।

त्यसैगरी एकीकृत समाजवादीका ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जना सांसद छन् ।

 

तपाईको प्रतिक्रिया