Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ३ माघ २०७९ । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बिर्तामोड उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

करिब ४५ करोड रुपैयाँको कारोबार गर्ने गरी नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायीलाई सहभागी गराउँदै महोत्सव गर्न लागिएको संघले जनाएको छ । आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले बताउनुभयो । महोत्सव बिर्तामोड २ को चारपाने र रामचोकको मध्ये भागमा हुने भएको छ ।

सोही महोत्सवमा २ सय ५० वटा स्टलहरु रहने न्यौपानेले जानकारी दिनुभयो । प्रदर्शनी तथा बिक्री कक्ष, साँस्कृतिक तथा साँगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी महोत्सव स्थललाई ४ भागमा विभाजन गरिएको संयोजक न्यौपानेले बताउनुभयो ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया