Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २७ पुस २०७९ । झापामा मोटरसाइकल दुर्घट्नाहुँदा १ जनाको मृत्यु भएको छ । दुर्घट्नामा परी ३३ वर्षिय सुसाहाङ नेम्वाङको मृत्यु भएको छ भने, १ जना घाइते भएका छन् । मंगलबार(हिँजो) ७:३६ बजेको समयमा मेचीनगर नगरपालिका-७ को निन्दा पुल स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७०९२ नं. को मोटरसाइकललाई सोहि दिसा तर्फ जाँदै गरेको मे ५ प १९४३ नं. को मोटरसाइकलले आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोक्कि पछाडीबाट ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा मे २ प ७०९२ नं. को मोटरसाइकल चालक मेचीनगर नगरपालिका१० का ५३ वर्षिय सुर्य नारायण चौधरी घाईते भई एन्जल मेडिकल धुलाबारीमा उपचार भई रहेको र मे ५ प १९४३ नं. को मोटरसाइकल चालक मेचीनगर नगरपालिका-१ का सुसाहाङ नेम्वाङ टाउकोमा चोट लागी उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा ८:२० बजे नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । दुर्घट्ना हुने दुई वटा सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो।

तपाईको प्रतिक्रिया