Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २६ पुस २०७९ । झापामा आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका-१ कि ७० वर्षिया हेम प्रभा माझीको मृत्यु भएको हो ।

२४ गते आईतबार १०ः३० बजेको समयमा घर बाहिर पराल बाली आगो ताप्ने क्रममा अचानक शरिरको विभिन्न भागमा जलि घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा मंगलबार(आज) १ बजेको समयमा माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया