Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

काठमाडौं, २५ पुस २०७९ । इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटेको छ । नेपाल आयल निगमले ‘हवाई इन्धन’को मूल्य घटाएसँगै आन्तरिक वायुसेवाको फ्युल सरचार्ज घटेको हो । प्रधानमन्त्रीको निर्देशनसंगै निगमले सोमबारदेखि लागू हुनेगरी हवाई इन्धन लिटरमा २० रुपैयाँ घटाएको छ ।

योसँगै आन्तरिकतर्फ हवाई भाडापनि मंगलबारदेखि लागू हुने गरी न्यूनतम एक सयदेखि अधिकतम ८८५ रुपैयाँसम्म फ्युल सरचार्ज घटेको वायुसेवा संचालक संघले जनाएको छ ।

चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फको हवाई इन्धनमा २० र अन्तर्राष्ट्रियतर्फ ३० रुपैयाँले मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएसँगै निगमको नाफा दुई अर्बमाथि पुगेको छ । तर, विगतमा सञ्चित नोक्सानी रहेको भन्दै निगमले मूल्य घटाउन आनाकानी गर्दै आएको थियो । अभैm पनि निगमले हवाई इन्धनमा अत्यधिक नाफा लिइरहेको भन्दै थप मूल्य घटाउन संघले माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया